२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।

विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिनुभयो । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उहाँको भनाइ थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गर्नुभएको थियो । पशुपति क्षेत्रलाई सधैँ सफा राख्न पनि उहाँले कोषका उच्च अधिकारीलाई निर्देशन दिनुभयो । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न उहाँले मूल समारोह समितिअन्तर्गत गठन भएका नौ वटै उपसमितिलाई निर्देशन दिनुभएको छ । मूल समारोह समितिको अध्यक्ष मन्त्री किराँती नै रहनुभएको छ ।

सफाइमा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय सङ्घसंस्था लगायतको सहभागिता रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

मूल समारोह समितिअन्तर्गत गठिन उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिनजसो सफाइ अभियानलाई निरन्तरता दिने भएको छ । यसअन्तर्गत कोषमा कार्यरत करिब एक सय सफाइ कर्मचारी र स्वयंसेवी पनि सहभागी हुने जनाइएको छ ।