१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु-याउँछौँ : वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

दाङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो ।

आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै उपाध्यक्ष ढकालले यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गर्नुभयो । “दाङ सम्भावना बोकेको ठाउँ हो । यहाँ केबलकारदेखि, कृषि, पर्यटनजस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ । हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । “कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग छलफल गरेको जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो । रासस