६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु-याउँछौँ : वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

दाङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो ।

आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै उपाध्यक्ष ढकालले यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गर्नुभयो । “दाङ सम्भावना बोकेको ठाउँ हो । यहाँ केबलकारदेखि, कृषि, पर्यटनजस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ । हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । “कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग छलफल गरेको जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो । रासस