२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताउनुभएको छ ।

शुक्रवार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताउनुभएको हो ।

उहाँले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताउनु भयो । उहाँले लामो समय देखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताउनु भयो । उहाँले अटोमोबाइल्समा विलासिताका सवारी साधन भएपनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गर्नुभयो ।

उहाँले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ । अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन । आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ । राज्यले पूर्वाधार निर्माणमा ठूलो लगानी लगाउँछ ।’

‘त्यसमा पनि सडक पूर्वाधारमा लगाउने गर्छ । त्यो सडक पूर्वाधारमा गुड्ने सवारी साधन सबैलाई विलासिताको वस्तु हो भनेर ट्याग लगाएर बस्न सक्दैनौंं । यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिन्छु । विद्युतीय सवारी साधनको आवश्यकता प्रतिदिन बढ्दै गएको छ । नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु र्छ । नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला छ भन्ने स्पष्ट पार्न चाहन्छु । विद्युतीय सवारीको आयात र प्रयोग गर्ने निहुँमा गुणस्तरहीन आयत रोक्नुपर्छ ।’

त्यस्तै,नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताउनु भयो । उहाँले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको बताउनु भयो । उहाँले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गर्नुभयो ।

उहाँले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको बताउनु भयो ।

 




भर्खरै