२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीको घरमा गएर मुख्यमन्त्री शाहले भने- उनको रिहाईमा पहल गर्छु



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सहयोग गर्ने बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका ६, जगतपुरस्थित रेशम चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले उनको रिहाईमा पहल गर्ने बताएका हुन् । मुख्यमन्त्रीले रेशमकी आमा सुल्फी देवी चौधरीलाई भेट्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री शाहले टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताए । उनले भने ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्‍याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ । केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ । म त्यसको लागि लागिपरेको छु ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बिहीबार संसदबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि राजीनामा दिएका थिए । रावलले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।