२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनलाई प्रतिनिधि छनौट



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनौट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

उनका अनुसार देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन् । उपत्यकामा रहेका प्रतिनिधिको व्यवस्था आफैँ र उपत्यकाबाहिर भएका प्रतिनिधिको व्यवस्थापन होटलमा गरिएको छ ।

आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौँमा हुनेछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

अनेरास्ववियुको यसअघि २०७२ सालमा २२औँ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाधिवेशन सम्पन्न गर्नका लागि अखिलका अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गर्नेछ । यस्तै एमालेको महाधिवेशन हुन बाँकी रहेका अन्य जनवर्गीय सङ्गठनको पनि मिति तोकिएको छ ।

एमालेका अनेरास्ववियुसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ । रासस