• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

के कारणले जेलजीवन बिताउन बाध्य भएका थिए सञ्जय दत्त ?



एजेन्सी । बलिउडका सुपरस्टार सञ्जय दत्तको फ्यानहरुलाई अवश्य थाहा छ कि सञ्जय दत्तले लामो समयसम्म जेल जीवन बिताउनु परेको थियो ।

सन् १९९३ को ‘मुम्बई बम ब्लास्ट’मा सञ्जय दत्तको नाम पनि सामेल भएको थियो । सञ्जयले अनुमतिबिना बन्दुक र अन्य हतियारहरु आफ्नो साथमा राखेका थिए ।

जसकारण उनलाई जेल सजाय हुन पुग्यो । सञ्जयले आफ्नो बचाउमा भनेका थिए कि आफूसँग मात्र १ बन्दुक रहेको र उनले अदालतसँग आग्रह पनि गरेका थिए, आफूविरुद्ध लागेको आरोपलाई हटाइयोस् । १९९३ मा सञ्जय दत्तलाई आतंककारी अपराधमा दोषी पाइयो, जसकारण उनलाई जेलबाट बाहिर निस्कन एकदमै अप्ठेरो थियो ।

प्रहरीले अनुसन्धानको क्रममा अन्य थुप्रै मानिसहरुलाई पक्राउ गरे जसको बयानबाट सञ्जय दत्तलाई फाइदा पुग्यो । सञ्जय १८ महिनासम्म जेलमा रहे । त्यसपछि उनलाई सफाई दिइयो । सञ्जयले आफ्नो अपराध हटाउन अदालतमा अपिल गरे ।

उक्त मुद्दा पनि सन् २००७ मा आएर समापन भयो । सञ्जय दत्तलाई आतंककारी अपराध त हटाइयो तर ‘इलिगल पोजिसन अफ आर्म एक्ट’मा आधारित भएर उनलाई २०१३ मा उनलाई पुनः ५ वर्षका लागि जेल चलान गरियो । सञ्जयले १९९३ मा १८ महिनाको जेल सजाय काटिसकेका थिए, जसकारण उनलाई २०१३ मा साढे तीन वर्ष जेल जानुपर्यो ।

सञ्जय विभिन्न कारणले जेल बाहिर निस्किने गर्दथे । जसअनुसार उनले जेल जीवनमा १३२ दिन जेलबाहिर र ८३२ दिन जेलमा बिताए । राम्रो व्यवहार र आचरणका कारण उनलाई सजाय पूरा गर्नुभन्दा पहिले नै रिहा गरियो ।