२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको छ: शशांक कोईराला



file
अ+ अ-

काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोईरालाले क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताउनुभएको छ । 

बिहीबार महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताउनुभएको हो । विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उहाँले असार महिनाभित्र क्रियाशिल सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताउनुभयो । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशिल सदस्यको बारेमा । ४६ जिल्ला भईसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुप¥यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाईममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशिलको छिटो टुंग्याउँ भनेर ।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोईरालाले न्यूज एजेन्सी नेपाललाई बताउनुभयो ।  क्रियाशिल सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उहाँको भनाई छ ।