• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली

अर्थतन्त्र सुधारको दिगोपनामा आश्वस्त हुने अवस्था छैन: राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेकाले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउनुभयो ।

उतारचढावपूर्ण विश्व अर्थतन्त्र र कोभिड महामारीका कारण अर्थतन्त्रको कतिपय समस्या सिर्जना भएको भन्दै राष्ट्रपति भण्डारीले यिनीहरुलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई नभएको उल्लेख गर्नुभयो ।