१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो दिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनु हुने भएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा क्वात्राले सोमबार र मंगलबार नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेश सचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डको आगामी भारत भ्रमणको निमन्त्रणाका साथै द्विपक्षीय भेटवार्ताका लागि नेपाल आउन लाग्नुभएको हो । निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको तर मिति भने टुंगो नलागिसकेको बताइएको छ ।

क्वात्रा नेपालका लाति पूर्वभारतीय राजदूतसमेत हुनुहुन्छ । उहाँलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरका विश्वासीलो पात्र मानिन्छ । भ्रमणका अवसरमा विदेश सचिव क्वात्राले नेपालका आफ्ना समकक्षी परराष्ट्र सचिव पौड्यालसँग परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक गर्ने कार्यक्रम छ ।