२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सबैले सधैं प्रयोग गर्ने साधन मात्र होइनौं- रञ्जिता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु सबैले सधैं प्रयोग गर्ने साधन मात्र नभएको जनाउनु भएको छ ।

सात सांसद सहित आफ्नो फोटो फेशबुकमा राख्दै उहाँले लेख्नुभएको छ झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि पदमुक्त हुनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

हामी विचारमा कटिबद्ध छौँ,सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो,देशको शासन प्रशासनमा हाम्रोपनी सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ … जनमतको कदर गरौ !
अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ।

मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैनरु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ। जय नागरीक ।