२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा सुदूरपश्चिमको सरकार- ‘जोगिन्छ होला’: ओली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम सरकारले बिश्वासको मत पाउने आशा गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले
सुदूरपश्चिमको सरकार के हुन्छ ? भनेर सोधेको प्रश्नमा ओलीले भन्नुभयो , ‘जोगिन्छ होला । ठीकै छ ।’

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिश्वासको मत लिनका लागि दिउँसो डाकिएको प्रदेशसभाको बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । तर निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरुको माग सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरिएको बताउनु भएको छ ।