२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जिताको अडान– सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौ



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरुको माग सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरिएको बताउनुभयो ।

मुख्यमन्त्री रावलले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । सरकार गठन गर्नेबेला अन्तिम समयमा सहयोग गरेको नाउपाले विश्वासको मत भने नदिने बताएको छ ।

मुख्यमन्त्री रावलले बुधबार नै विश्वासको मत लिने कार्यसूची थियो तर नाउपाले विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक स्थगित गरेर नेकपा (एमाले) का नेताहरुले नाउपाका नेताहरुसँग छलफल गरेका थिए । बुधबार पनि कुनै सहमति हुनसकेको थिएन ।

मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसकेको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । उहाँ पदमुक्त भएसँगै संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने मार्ग प्रशस्त हुनेछ ।