काठमाडौं । वर्षायाममा काठमाडौं टौदहको सुन्दरता बढेको छ । उक्त पोखरीमा विभिन्न चराचुरुङ्गी र माछा, हास र सर्प पनि देख्न पाइन्छ ।
पाखरीको बीच भागमा फूलेको फूलमा चरा बसेको तस्बीरले स्पष्ट पारेको छ । त्यस्तै पोखरीमा आहार खानाको लागि आएको माछाको हुलले उक्त पोखरीको सुन्दरता अझै बढाएको छ ।
अर्कोतिर जलहार गर्दै गरेको हाँस देखिएको छ । यहाँ भएको विभिन्न सर्पले पोखरीको सान नै बढाएको छ ।
तस्वीर: रोशन सापकोटा÷रासस