११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइटी राष्ट्रपति हत्याकाण्डः १७ जना पक्राउ, कोलम्बियन र २ अमेरिकीमूलका व्यक्तिको संलग्नता



अ+ अ-

काठमाडौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्यामा संलग्न १७ जना पक्राउ परेका छन् । हाइटी प्रहरीका अनुसार राष्ट्रपति मोइजको हत्यामा कोलम्बियाका २६ र हाइटीकै अमेरिकी मुलका २ भाडाका पेशेवर विदेशी व्यक्तिहरु संलग्न रहेको हो। त्यस्तै कोलम्बियाका केहि पूर्व सैनिक समेत उक्त हत्यामा संलग्न रहेको बताइएको छ । 

घटनामा संलग्न ८ जना अझै फरार रहेको हाइटी प्रहरीले जनाएको छ । बुधबार राष्ट्रपति मोइजको निजी निवासमा घुसेर गोली हानी हत्या गरिएको थियो ।

विहिबार प्रहरीले केहि शंकास्पदलाई हरियारसहित सार्वजनिक समेत गरेको छ । उनीहरुसँग हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण भेटिएको प्रहरीले बताएको छ ।