२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियामा यसरी हुँदैछ खोजी र उद्धार (तस्बिर)



अ+ अ-

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ९,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धारकार्य जारी छ ।

टर्कीमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यस बेला मानिसहरू सुतिरहेका थिए ।

त्यसपछि दर्जनौँ परकम्पहरू गए ।

पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो । बीबीसीबाट साभार

सिरियाको विद्रोही नियन्त्रित बाब अल–हवा क्रशिङबाट टर्की जाने बाटोनजिकै अवस्थित अस्पतालमा सोमवार बिहान गएको भूकम्पमा घाइते भएका मानिसहरू उपचारका लागि पुगेका थिए ।

टर्की र सिरियामा सयौँ भवनहरू भत्किएपछि भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन उद्धारकर्ताहरू लागिरहेका छन् ।

भत्किएको भवनको भग्नावशेषबाट बाहिर निकालेपछि उद्धारकर्मीले एक तीनवर्षे बालिकालाई एम्बुलेन्सतिर लैँजादै गर्दाको दृश्य । टर्कीका राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रमा तत्कालै उद्धार तथा खोजीका लागि टोली पठाइएको बताएका छन् ।

भूकम्पको मारमा पशुपन्छी पनि परेका छन् ।

उक्त भूकम्प टर्की र सिरियाबाहेक लेबनन, साइप्रस र इजरेलमा पनि महसुस भएको थियो । पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियान्टेप सहरनजिकै थियो ।

गाजियान्टेपको उत्तरपूर्वस्थित दियार्बाकरमा धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए ।

यो आकाशबाट खिचिएको दृश्यले टर्कीको एडनाको कुकुरोभा जिल्लामा एउटा भवनको भग्नावशेषमा खोजी तथा उद्धार कार्य भइरहेको देखाउँछ ।

गाजियान्टेपको उत्तरपूर्वस्थित मलाट्यामा भत्किएका भवनमा थिचिएर कारहरू चकनाचुर भएका थिए ।

इजरेल र अमेरिकासहित विश्वभरिबाट सहयोगको प्रस्ताव गरिएको छ । दाताहरूले सहायता सामग्री र जनशक्ति पठाउन तयार रहेको बताएका छन् ।




भर्खरै