• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

ओलीलाई भेट्न बुधबार बिहानै बालकोट पुग्नुभएको प्रधानमन्त्री प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको बताउनुभएको छ । ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ ।

संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा परेको सहमति भएको एमाले नेताहरू बताउँदै आएका छन् ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । तसर्थ दुई शीर्ष नेताबीच भेटघाट बाक्लिँदो छ । यसअघि हिजो मंगलबार पनि बालुवाटारमा राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको थियो ।