१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आज आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले ती एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।

एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् । यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले दुर्घटनाका घाइते तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन २०२१ सालमा पहिलो पटक नेपालमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । त्यतिबेला जर्मन रेडक्रसको सहयोगमा एम्बुलेन्स सञ्चालन गरिएको थियो । सो लगत्तै २०२२ सालमा जापान सरकारको सहयोगमा रेडक्रसले दोस्रो एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रेडक्रसले हाल ६८ जिल्लामा दुई सय ७५ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

सरकारको राष्ट्रिय एम्बुलेन्स नीतिअनुरुप पुराना एम्बुलेन्सको स्तरवृद्धि गर्ने र नयाँ खरिद गर्दा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गर्ने नीति लिइएको रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । सरकारको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ र नेपाल रेडक्रसले अवलम्बन गरेको स्तरवृद्धिको नीतिअनुसार कोभिड¬–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमबाट आइएफआरसीको सहयोगमा ती एम्बुलेन्स खरिद गरिएका हुन् ।

यी एम्बुलेन्स विभिन्न जिल्ला शाखालाई हस्तान्तरण गरिएसँगै रेडसक्रसको एम्बुलेन्स सेवा अझ स्तरीय हुँदै जाने र बिरामी तथा घाइतेलाई अस्पतालसम्म पु¥याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको रेडक्रस सोसाइटीले जनाएको छ । हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिकस्तरमा स्थापना गरिएका प्रेषण केन्द्रमा आबद्ध गरी १०२ नंम्बर मार्फत सञ्चालन हुनेछन् ।

एम्बुलेन्स हन्तान्तरण कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव चापागाईंले अर्काको जीवन रक्षाका लागि सहयोग गर्ने रेडक्रसको मूल भावलाई जोगाएर राख्न सक्नुपर्ने बताउनुभयो । “रेडक्रसमा हुञ्जेल मानवीय सेवाबाहेक अन्य कुनै एजेन्डा हुनुहुँदैन”, उहाँले भन्नुभयो, “मानवीय सेवामा समर्पित हुने योजना छैन भने अन्य क्षेत्रमा लाग्नुपर्छ ।” उहाँले अन्य जिल्लालाई पनि एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लाले एम्बुलेन्स सेवा नेपालीका लागि जीवनदायी हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समीर अधिकारीले अस्पताल नपुगेसम्म ९पूर्वअस्पताल०को एम्बुलेन्स सेवालाई सुदृढीकरण गर्न सरकारले महत्वपूर्ण योजना बनाएको बताउनुभयो । उहाँले सरकारले ल्याएको कार्ययोजनाअनुसार एम्बुलेन्स सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक ढकालले विपद् जोखिम न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवालगायत क्षेत्रमा काम गरिरहेको बताउनुभयो । नेपाल रेडक्रसले वार्षिक ३० लाखलाई सेवा पु¥याएको उहाँको भनाइ छ । रासस