२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

देउवामाथि बढ्दो दबाब, इतर पक्षका तीन नेतापुत्रको आफ्नै दाबी

देउवामाथि बढ्दो दबाब, इतर पक्षका तीन नेतापुत्रको आफ्नै दाबी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवामाथि दबाब बढ्दो छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापनइतर समूहले यो दबाबको सिर्जना गरिरहेको छ । केही दिनयतादेखि देउवा इतर पक्षका काँग्रेस नेताहरु सभापतिको साझा उम्मेदवार बनाउने काममा लागेका छन् । 

यस विषयमा छलफल प्रारम्भ गरेको सो समूहले जनाएको छ । अघिल्लो हप्ता नेपाली काँग्रेसका नेतात्रय विपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका पुत्रत्रय क्रमशः सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आइब्रेक गरेका थिए । 

यसअघि लगभग देउवाकै क्याम्पमा रहेका नेताद्धय कोइराला र निधिले औपचारिक रुपमै देउवा क्याम्प छोडेर आफै सभापतिको उम्मेदबार बन्ने सन्देश दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा को सभापतिको उमेदबार बन्ने भन्ने कुरा त बाहिर भनेका छैनन् तर पनि यसै विषयमा यी तिनै नेताका निवासमा दिवा खाना भने पालैपालो गरिसकेका छन् । 

उनीहरुले आसन्न महाधिवेशनमा कम्तीमा देउवा क्याम्पमा भने आफूहरु नरहेका बताएका छन् । यद्यपि, यी तीनमध्ये कुनै एक सभापति उठ्दैछन् या तीनैजना अलग अलग नै सभापतिको उम्मेदबार हुन लागेका हुन् भन्ने बारेमा भने केही बताएका छैनन् । त्यसैले पनि उनीहरुको पालैपालोको दिवा खानापछि यो रणनीति बाहिर आएको छैन ।    

यही मेलोमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो अभियान थालेका छन् । उनले आफ्नो निवासमा नगरे पनि कतै आफू पक्षका नेता बोलाएर फेरि आफूलाई एक पटकका लागि सभापतिमा उठ्न दिन भनेका छन् । तर यसपालि उनलाई देउवाइतर पक्षबाट यो अवसर मिल्नै देखिँदैन किनभने उनले बोलाका बैठकमा खासै प्रभावकारी नेता पुगेका थिएनन् ।  

यता शुक्रबार बत्तिसपुतलीथित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल थालेको बुझिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको हो । 

नेता केसीले पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल भएको बताए पनि अवस्था भने त्यति सजिलो देखिँदैन । किनभने अघि माथि नाम लिइएका नेतात्रयको अवस्था पनि एकै ठाउँमा रहने अझै देखिएको छैन । 

बिमलेन्द्रको विद्रोह शैलीको महत्वाकांक्षा या अडानले पनि यो कुराको संकेत गर्दछ । यी तीन भाई जसरी आफ्ना अडानहरु अघि सार्दैछन् त्यसबाट पनि उनीहरुमध्ये दुईले एकलाई सहजै र सजिलै छोड्लान भन्ने पनि देखिँदैन । त्यसैमाथि रामचन्द्रले आफू सभापति बन्ने इच्छा नै पूरा नभएकोले त्यसका लागि यसैहप्ता गरेको याचनाको मापन पनि एकातर्फबाट भइ नै रहेको पनि देखिएको छ । 

नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि शुक्रबार छलफल भएको बताए पनि सभापतिको उम्मेदबारका बारेमा भने एकमत हुन नसकेको बताए । 

यसै बैठकपछि नेतृ सुजाता कोईरालाले पनि संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरु एक भएर अघि बढ्ने भने उनको पनि भनाई थियो । आफूहरुको बिचमा कुनै विवाद नभएको उनको दाबी छ । उनले हामी भन्नाले कोइराला परिवारलाई भनेको अनुमान धेरैको छ । 

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।

त्यसैले पनि यतिखेर सभापति देउवामाथि दबाब बढ्दो देखिएकै छ । उनी बिरुद्धको मोर्चाको खाता उनकै शुरुदेखिका सहयात्री निधिले खोलिदिएपछि देउवा इतर पक्षलाई सजिलो हुनु स्वाभाविकै हो । तर देउवा भने आफूलाई त्यस्तो असहज फिल नहुने बताउँछन् । आफू अर्काे एक पटक अर्थात् आगामी महाधिवेशनमा सभापतिमा जित्छु भन्ने ढुक्क देउवालाई छ । 

देउवा निकट एक नेता भन्छन् यदि अहिले भनिएजति अर्थात् झण्डै दर्जनको संख्याका नेताहरु नै सभापतिमा उठेभने त देउवालाई सहज हुनसक्छ तर त्यसो हुन सकेन भने अर्थात् शुक्रबारबाट शुरु भएको देउवा इतरकै एकजनामात्र नेता सभापतिका उम्मेदबार हुने हो भने त यसले उनको पल्ला नथेग्न पनि सक्छ । 

वास्तवमा यो उनको आँकलनकै पछि लागेका छन् अहिले देउवा । सभापति देउवाको अनुमान के छ भने यदि आफ्ना विरुद्धमा सबैजना एक भए भने त उनले पनि निर्वाचनको गतिलै रणनीतिको सहारा लिनुपर्ने पनि हुनसक्छ । 

त्यसैले आगामी केही दिन देउवा र उनको समूहलाई पर्ख र हेरको अवस्था हुनसक्छ । आफू लडाइँमा जानुअघि नै अर्काे पक्ष कत्तिको दलबलका साथ मैदानमा ओर्लिन्छ भन्ने कुराको निक्र्यौल अहिले नै गरेर भिड्न तम्सिने तयारीमा दुवै पक्ष छन् । 

तर यति हुदाहुदै पनि देउवामाथिको दबाब भने दिनदिनै गह्रौँ बन्दै गएको देखिएको छ । उनले पौडेल अर्थात् कोइराला पक्षका बाहेकका अरु आफ्ना प्रतिद्धन्द्धी नै देखेका थिएनन् । त्यो परिधि अब तोडिएको छ । 

आजका मितिसम्म पनि महामन्त्री पूर्णबहादुर खड्काले त देउवा नै जित्ने भएकोले नआत्तिन भनेका छन् तर प्राय कोठामै बसेर गर्ने यीनको विश्लेषण पनि यतिखेर भने नमिल्न पनि सक्छ । अनि यीनको भन्दा निम्छरो अवस्था उता पौडेलेको देखिन्छ ।