नेपाली काँग्रेस पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न समिति गठन गरेको छ । पार्टी कार्यालयको विशाल भवन छोडेर भारतीय लगानीमा बनेको गौशालास्थित धर्मशालामा बसेर समितिका सदस्यहरूले पार्टीको विधि, विधान र पद्धतिमाथि प्रहार गर्दै पार्टीका इमानदार र बफादार कार्यकर्तालाई पाखा लगाउँदै अवैधानिक रूपले क्रियाशील सदस्यता दिने र नदिने निर्णय गरेका छन् ।
छानबिन समितिले वाग्मती प्रदेश हेर्न केन्द्रीय सदस्य प्रदीप पौडेल र श्याम घिमिरेलाई जिम्मा दिएको छ । उनीहरूले काठमाडौैं क्षेत्र नं २ वडा नं ३२ को हकमा जुन निर्णय गरेका छन् त्यसले उनीहरू कहाँबाट सञ्चालित छन? कस्का एजेन्ट हुन? भन्ने प्रश्न उब्जाएको छ । पार्टीको वडा इकाई, प्रदेश कमिटी, क्षेत्रीय कमिटी कुनैले पनि निर्णय नगरेको तथा प्रदेश र क्षेत्रीय सभापति स्वयंले हस्ताक्षर सम्म नगरेको फारमलाई वैधानिकता दिने निर्णय गरेका छन् ।
पौडेल र घिमिरे मोटा घाटा चिल्ला र सुकिला लुगा लगाउनेहरु र हातमा पैसाको विटो बोक्नेहरुको पक्षमा उभिएको देखिन्छ । उनीहरुसङ्ग कुरा गर्दा नेताको होइन दलालको झझल्को आउछ ।
विधी विधान केही चाहिदैन भन्नेहरुले ऐनामा आफ्नो अनुहार हेर्दा कालो पोतिएको देख्लान् की नदेख्लान ? मिडियामा नैतिकताको डम्फु बजाउने प्रदिप पौडेलहरु वास्तवमै कति अनैतिक रहेछन् भन्ने प्रस्ट भएको छ । छानविन समिती संयोजकले यस्ता निर्णमाथी प्रश्न नगर्नु र कुनैपनि सदस्यले यस्ता गलत हर्कतको विरुद्द नोट अफ डिसेन्ट नलेख्नुले उनीहरु पनि मतियार भएका त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।
यो क्षेत्रमा राजनीति गर्नेहरू यही अनैतिकताको पक्षमा उभिएका छन् र गुट फिक्सिङ गर्दैछन । कर्म गर फलको आसा नगर भन्ने गीताको भनाइ छ । म जीत र हारको पक्षमा छैन । विधि, विधान र पद्धतिको पक्षमा उभिँदा आउने चुनौती स्वीकार्न तयार छु । नेताको गुलामी गर्न होइन विचार दिन र नेतृत्व गर्न उभिएको हुँ म ।
-लेखक भट्ट नेपाली काँग्रेसको नेतृ हुनुहुन्छ ।