१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभा (भिडियोसहित)

नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गर्नु भएको छ । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पार्नु भयो । गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उहाँले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन आफूलागि परेको बताउनु भयो ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गर्नु भयो । उहाँले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राख्नु भयो । उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने खालको बस्तुहरुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु । हामी धेरै कुरा गर्छौ । धेरै कुरा माग्छौं । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउँछ । हाम्रो देश भित्र हुने कुरा चाँही आयात नगरौं । अहिले साँढे २ खर्वको वार्षिक रुपमा खाद्यन्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं । त्यसैका लागि आफूले मंसीर १ गतेबाट सिँचाईमा खपतमा हुने विद्युतको मूल्य ५० प्रतिशत घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउनेछ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको माग अनुसार हस्तकला सामग्रीहरुको विक्रीवितरण गर्न उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो ।

मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई आफूहरुले स्थानीयबासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराउनु भयो ।