• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध ★   भारी बर्षाको कारण विराटनगरमा ५ सय बढी घर डुबानमा ★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ



जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादीका सांसद उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका मा‌ओवादीकै सांसद रहबर अन्सारीले सपथ लिएका हुन् ।

यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष र अन्सारीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष शपथ लिएका छन् । अन्सारीले भोजपुरी भाषामा शपथ लिए ।

मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।