२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीमाथि आर्थिक नियम उल्लंघनको आरोप



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेको छ ।

प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको हो ।

प्रिमियर लिगले सिटीलाई सन् २००९ देखि २०१८ को बीचमा कथित नियम उल्लंङघनको अनुसन्धानका लागि एक स्वतन्त्र आयोगलाई पठाएको छ ।

यता, सिटीले आरोप आश्चर्यजनक रहेको र यो आरोप अकाट्य प्रमाणको निकायद्वारा समर्थित रहेको बताएको छ । अब आयोगले जरिवाना र अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्मको सजाय तोक्न सक्छ ।

सन् २००८ मा अबु धाबी युनाइटेड समूहले सिटीको स्वामित्व ग्रहण गरेपछि सिटीले ६ प्रिमियर लिगको उपाधि जितिसकेको छ ।