९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’को प्रिक्वेल बन्ने



अ+ अ-

एजेन्सी । फिल्म ‘कान्तारा’को सफलतापछि अब ऋषभ शेट्टीले यसको प्रिक्वेल घोषणा गरेका छन् । हालै फिल्मले रिलिजको सय दिन पूरा गरेको छ ।

यस विशेष अवसरमा फ्यानहरूसँग यो खुसीको खबर साझा गर्दै शेट्टीले फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । यसै क्रममा ट्रेड एनालिस्ट तरण आदर्शले पनि सोसल मिडियामा पोस्ट सेयर गरेर फ्यानलाई यो जानकारी दिएका छन् ।

तरण आदर्शले आफ्नो पोस्टमा लेखेका छन्, ‘कान्ताराको प्रिक्वेल घोषणा भएको छ । यो अहिलेसम्मकै सबैभन्दा सफल चलचित्र हो । अब यसको प्रिक्वेल आउन लागेको छ । फिल्मको १०० दिनको उत्सवको अवसरमा निर्माण पक्षले प्रिक्वेल घोषणा गरेको हो । यस फिल्मको बारेमा थप जानकारी केही दिनमा दिइनेछ ।’

प्रिक्वेल घोषणा गर्दै, ऋषभ शेट्टीले भने, ‘हामी धेरै खुसी छौं र कान्तारालाई अपार माया र समर्थन देखाउने दर्शकहरूप्रति आभारी छौं । यो यात्रालाई अगाडि बढाउँदै परमात्माको आशीर्वादले फिल्मले सफलतापूर्वक १०० दिन पूरा गरेको छ र यो विशेष अवसरमा म ‘कान्तारा’ को प्रिक्वेल घोषणा गर्दैछु ।’

ऋषभ शेट्टी स्टारर फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज भएको थियो । रिलिजको सुरुका दिनमा फिल्मको कमाई निकै सुस्त थियो तर बिस्तारै फिल्मले गति लिन थाल्यो । मूलतः कन्नड भाषामा बनेको, फिल्मको उत्कृष्ट संग्रहलाई ध्यानमा राख्दै निर्माताहरूले यसलाई अक्टोबर १४ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरेका थिए ।