• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

सिद्धार्थ–कियाराको वैवाहिक समारोह सुरु



एजेन्सी । बलिउड जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाहको कार्यक्रम सुरु भएको छ । दुलहा र दुलहीसँगै उनीहरुका आफन्तहरु जैसलमेरको होटल सूर्यगढ पुगेका छन् । नाचगानसहित पूजाआजा गरिँदैछ । स्टार जोडीका बलिउडदेखि व्यवसायीसम्मका साथीहरु पनि सूर्यगढ आएका छन् ।

पाहुनाको आतिथ्यताको लागि पनि विशेष व्यवस्था गरिएको छ । प्रत्येक अतिथि उपस्थित हुन एक परिचर त्यहाँ रहेका छन् । पाहुनाको हेरचाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उनीहरुको बस्न र खानाको विशेष व्यवस्था गरिएको छ ।

अतिथिहरूले १० देशका १०० भन्दा बढी परिकारहरूको स्वाद लिन सक्नेछन् । ५० भन्दा बढी स्टलमा ५०० वेटरले सेतो ड्रेस कोडमा पाहुनालाई खाना खुवाउनेछन् । मुम्बई र दिल्लीबाट पनि १५० भन्दा बढी प्राविधिक विशेषज्ञ र कर्मचारी बोलाइएका छन् । विवाहको हरेक समारोहमा विशेष व्यवस्था गरिएको छ ।