१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ओर्लनेबित्तिकै सामन्था पावर भक्तपुरको आदर्शमा माविमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल आइपुग्नुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर भक्तपुरको एक स्कुल पुग्नुभएको छ ।

आज बिहान काठमाडौँ आइपुग्नुभएकी पावर सानोठिमीस्थित आदर्श मावि पुग्नुभएको हो । उहाँले त्यहाँ स्कूलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । विद्यालयमा उहाँलाई स्कूलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका व्यक्तित्व, सामुदायिक समूहहरु र व्यवसायहीहरुसँग भेट गर्ने कार्यक्रम छ ।