१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

माघ निगल्दो पनि हुस्सु र स्याँठ

माघ निगल्दो पनि हुस्सु र स्याँठ
अ अ+ अ-

महोत्तरी । तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम फरक परेकामा छक्क परेका छन् ।

“बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन”, गुहाली ९गोठ०को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्नुहुन्छ, “आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ ।” शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन् ।

ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछि देखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन् । “हाम्रो चलनमा त तिलासक्रायत ९माघेसङ्क्रान्ति० नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ”, भङ्गाहा–४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भन्नुभयो ।

माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आपूmहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउनुहुन्छ । “खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो”, उहाँले भन्नुभयो, “खै बाबु, के–के देख्न, भोग्नुपरेको छ को नि १”

माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ । एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन् । महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ । जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कलमात्र घाम देखिन्छ ।

“वसन्तपञ्चमी पनि मनाइयो, अब त घाम तात्छन् भन्ने थियो, तर फेरि अँध्यारोले छोप्यो”, चिसो स्याँठबीच घर अगाडि पातपतिङ्गर बटुलेर आगो सल्काएर वरिपरि परिवारजनबीच तातोको सहारा खोजी रहनुभएका भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतरले भन्नुभयो, “कहीँ काममा निस्कन सकिने छाँट देखिन्न, यही ‘घूर’ (पातपतिङ्गर बटुलेर बालिएको आगो)को सहारा छ ।”

सामान्यतया पुस–माघमा हुस्सु लाग्ने, स्याँठ चल्ने र घाम पातलो देखिने भए पनि वसन्तपञ्चमी मौसम फेरिने खास पर्वका रुपमा लिइन्छ । “यसपालि पनि वसन्तपञ्चमीभन्दा चार–पाँच दिन पहिलेदेखि नै पारिलो घाम देखिन थालेको पनि हो”, बलवा नगरपालिका–११ भगवतीपुरका ७५ वर्षीय उत्तिम माझी मुसहर भन्नुहुन्छ, “तर एक सातापछि नै फेरि हुस्सुसँगै स्याँठ चल्न थाल्यो, यस्तो भोगिएको कमै सम्झना छ ।” हिउँदमा वर्षा पनि नभएको र अहिले माघ निगल्दोसम्म हुस्सु र स्याँठले नछाडेपछि यहाँका पाका व्यक्ति बालीनालीका लागि समय उपयुक्त नहुने लख काट्दैछन् ।

माघ तेस्रो साताको प्रारम्भसँगै बढेको चिसोले फेरि पुस सम्झाएको सर्वसाधारण बताउँछन् । माघ ६–७ ताका पारिलो घाम लाग्न थालेपछि यसपालिको जाडो काटिएछ भनेको त फेरि पुस लागेजस्तो बनाएको माझी बताउनुहुन्छ ।

यसरी वसन्तपञ्चमीपछि फेरि मौसम बिग्रनुमा विश्वव्यापी जलवायु परिवर्तनको असर कारण रहेको वातावरणविज्ञहरु बताउँछन् । “जताततै बढ्दो प्रदूषण, वनजङ्गल मासिँदै गएर बढेको असन्तुलन र सहरीकरणले विश्वव्यापीरूपमै असर गरिरहेको छ, यो कुसमयमा बढेको जाडो र हुस्सुले ढाकिनु यसैको कारण हो”, लामो समयदेखि वातावरण क्षेत्रको कामको अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवीमञ्च बर्दिबासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “हामी सचेत भएर यसको असर कम गर्ने उपायमा नलाग्ने हो भने अझै प्रतिकूल अवस्था भोग्ने दिन आउँछन् ।”

जिल्लाका गाउँनगर बस्तीमा अचाक्ली चिसो बढेको र यसले जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरिब बस्तीमा न्यानो सिरक बाँड्ने अभियान नै चलाएको छ । “हामीले जिल्लाका आमरूपमा अतिविपन्न मुसहर, बाँतर, चमार र खत्वेलगायतका जाति समुदायका बस्ती, असहाय वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई जाडो छल्न न्यानो फाइबर सिरक बाँडेका छौँ”, जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपक पहाडीले भन्नुभयो, “परोपकारी क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्था र स्थानीय तहको सिफारिसमा यो अभियानलाई अझै निरन्तरता दिइँदैछ ।”

बढ्दो जाडोबीच न्यानो फाइबरको सिरक पाइएपछि पालो मिलाएरै भए पनि जिउ तताउन पाइएको भन्दै यहाँका दलित बस्तीका गरिबले राहत महसुस गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रका गरिब बस्तीमा पछिल्ला तीन साताबीचमा एक हजार पाँच सय परिवारमा न्यानो सिरक पु¥याइएको समितिका सचिव तथा रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिनुभयो । रासस