२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

बाल अनाथालयका प्रमुख चन्दमाथि बलात्कारको आरोप

बाल अनाथालयका प्रमुख चन्दमाथि बलात्कारको आरोप
अ अ+ अ-

महेन्द्रनगर । मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुरचन्द माथि अहिले लागेको छ । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन ।

यहाँ दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ । एक साताअघि यहाँस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

“उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ ।” अनाथालयकै एक कर्मचारीले भन्नुभयो–“ बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो ।” यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । “अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ ।” उहाँले भन्नुभयो, “बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ ।”

गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो ।
टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुव्र्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

“घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नुहुदैन ।” नेपाल विद्यार्थी सङ्घकी नेतृ सञ्जु अधिकारीले भन्नुभयो, “बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुव्र्यबहार हुनु निकै असैह्य घटना हो ।”

विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए । “बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै आउने थिएन ।” यहाँस्थित कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भन्नुभयो, “ सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेका छन् ।”

उहाँले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गर्नुभयो । समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुव्र्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिनुुभयो ।

बाल अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अतिनै दुख्द विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाइएको थियो । रासस