२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा फैसलाको पेशी जाहेरवालाद्वारा स्थगित



file
अ+ अ-

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्।

सोमबार फैसलाका लागि तोकिएको पेशी जाहेरवालाको तर्फबाट शान्ति रिसालले स्थगित गराएकी हुन् ।

आज हुने भनिएको पेशी न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको थियो।

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले गत २९ पुषमा २० लाख रुपैयाँ धरौटीमा रिहा थियो । सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

सर्वोच्चले महान्यायाधिवक्तालाई उच्च अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।