२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा शक्तिशाली भूकम्प, २३७ भन्दा बढीको मृत्यु



अ+ अ-

अंकारा । टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको खबर प्राप्त भएको छ । भूकम्प टर्कीको पूर्वमा रहेको गाजियनटेप प्रान्तको नूरदागीमा गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पपछि मध्य टर्कीमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।

पहिलो भूकम्प पछि ६.७ म्याग्निच्युडको अर्को भूकम्प ९(९ किलोमिटर टाढा गएको थियो । पछिल्लो भूकम्प ११ मिनेटपछि गएको थियो । यस भूकम्पका कारण हालसम्म टर्की र सिरियामा २३७ भन्दा बढीको मृत्यु भइसकेको छ ।

टर्कीको कहरामनमारसमा गएको यस भूकम्पका कारण ठूलो विष्फोट भएको थियो र आगोका उच्च ज्वालाहरु उठ्न थालेका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प स्थानीय समय अनुसार बिहान ४ः१७ बजे गएको थियो ।

राजधानी अंकारालगायत टर्कीका अन्य सहरमा पनि धक्का महसुस गरिएको थियो । भूकम्पका कारण टर्कीको एउटा सपिङ मल पनि भत्किएको छ । प्यालेस्टाइन र इजरायलको बीचमा रहेको गाजा पट्टीमा पनि करिब ४५ सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

केही मिनेटपछि अर्को भूकम्प आयो । यस भूकम्पका कारण सिरियामा धेरै भवनहरू पनि भत्किएका छन् । मस्जिद भित्रबाट आएको तस्विरमा पनि झूमर र वरपरका स्तम्भहरू हल्लिरहेको देखिन्छ।

टर्कीको विपत् एजेन्सीले अहिलेसम्म ४४० जना घाइते भएको र उनीहरुलाई भग्नावशेषबाट बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । राहतकर्मी र नागरिकहरूले भग्नावशेषमुनि आफ्ना प्रियजनको खोजी गरिरहेका छन्।

यस भूकम्पका कारण सिरिया र टर्की दुवैलाई ठूलो क्षति पुगेको छ । कङ्क्रिट र धातुको भग्नावशेषबाट दर्जनौँ मानिसलाई निकाल्ने काम भइरहेको छ ।

केही व्यक्तिहरू आंशिकरूपमा भत्किएका अपार्टमेन्टहरूमा फसेका छन्। यी भवनहरू खतरनाकरुपमा झुकेकाले फसेका मानिसलाई छिट्टै बाहिर निकालिएन भने ठूलो दुर्घटना हुनसक्छ ।

जीएफजेड हेल्महोल्ट्ज सेन्टर पोट्सडैमका अनुसार यस भूकम्पका कारण धेरै अपार्टमेन्टहरू भत्किएका छन्। यसमा धेरै मानिसहरु गाडिएको हुनसक्ने आशंका छ । यसपछि सिरिया, इजरायल, लेबनान, इराक, इजरायल, प्यालेस्टाइन, साइप्रसमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा भूकम्पका कारण भवनहरू कस्ता छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।