२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपारमाई हाइड्रोपावरको आइपिओ खुला



अ+ अ-

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको जनाएको छ ।

उक्त कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिने सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

उक्त कम्पनीले इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ । रासस