९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनसरोकारसँग जोडिएका विधेयकहरु अघि बढाउने



अ+ अ-

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा छलफल गर्न आज बोलाउनु भएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिनेछ ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।