६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमाद विमानस्थलद्वारा वार्षिक चार करोड यात्रुको आवागमन गराउने लक्ष्य



अ+ अ-

कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका लागि आफ्नो प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभाग प्रमुखले बताएका छन् ।

हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।

पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल-बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको बताएका छन् ।

“यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,” मन्त्री बेकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ सो दारणा राखेका हुन् । यहाँ अन्तरराष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरिएका छन् ।

उनले भने- यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन । हामी आशा गरौँ यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं।”

कतारले यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने क्षमताका साथ विस्तार गर्दैछ।