३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका चार रेलसेवा नेपालका लागि ढुवानीका लागि तत्पर



अ+ अ-

काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने भएको हो । 

अहिलेसम्म भारतीय समुद्री बन्दरगाह कोलकाता, हल्दिया र विशाखापत्तनम्बाट भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर)ले ढुवानी सेवा दिइरहेको छ । अहिलेसम्म रेलमार्पmत हुने ढुवानीमा भारतीय रेलवेको सहायक कम्पनी कोन्करको एकाधिकार थियो । अन्य तीन कम्पनी तत्कालै सेवा दिन तत्पर देखिएका हुन् ।

अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा साझेदारी गरिरहेको कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले तत्कालै रेलसेवा सञ्चालनको तयारी थालेको कम्पनीका एक उच्च अधिकारीले बताए ।

भारतमा बन्दरगाह र रेलसेवा चलाइरहेको जेएन बक्सी समूह र हिन्द टर्मिनल प्रालि पनि नेपालको कार्गो ढुवानीमा तत्कालै आउने ती अधिकारीको दाबी छ । प्रिस्टाइन लजिस्किटले स्थानीय भ्याली ड्राइपोर्टसँग साझेदारीमा यसै वर्षदेखि ५ वर्षका लागि बन्दरगाह सञ्चालनको ठेक्का लिएको छ । प्रिस्टाइनले नेपालमा रेल सेवामा रुचि राख्दै आएको थियो । प्रिस्टाइनसँग ३० ओटा रेल रेक छन् । भारतमा अहिले १५ निजी कम्पनीले रेलवे ढुवानीको सेवा दिइरहेका छन् । संशोधनले ती सबै कम्पनीलाई ढुवानीमा बाटो खुलेको छ । यो समाचार आजको आर्थिक अभिायन दैनिकमा छ ।