१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
अ अ+ अ-

काठमाडौँ । हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर यतिमा मात्रै उहाँको परिचय सीमित छैन । राणाले नेपालको पहिलो अर्थसचिव हुनुहुन्थ्यो भने कूटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै आफ्नो पहिचान बनाउनुभएको छ । जबराले नेपालको अर्थतन्त्र, समाज, कूटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउनुभएको छ ।

मुलुकको अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पहिचान बनाउनुभएका राणाको ९५ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाबाट पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मनुभएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको थियो । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गर्नुभएका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक हुनुभयो । उहाँले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर÷प्रोजेक्ट अफिसरका रुपमा काम गर्नुभयो ।

जबराले युएनडिपीमा रहेर सन् १९६४–१९७२ सम्म श्रीलङ्का र अफगानिस्तान, सन् १९७२–१९७७ सम्म म्यानमारमा, सन् १९७७–१९८१ सम्म इन्डोनेसिया र सन् १९८१ देखि १९८६ सम्म पाकिस्तानमा काम गर्नुभएको थियो । साथै उहाँ राष्ट्रिय विकास परिषद् सदस्य, गोर्खा ब्रुअरीको अध्यक्ष, हिमालयन बैंकको संस्थापक तथा अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्टरनेशनल सेन्टरको अध्यक्ष, निर्धन उत्थान बैंकको अध्यक्ष, देव शमशेर जवरा सन्तति प्रतिष्ठानको कोषाध्यक्ष, नेपाल उद्योग परिसङ्घको सल्लाहकारका साथै विभिन्न सङ्घ तथा संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।

राजनीतिमा प्रवेश

सन् १९४४ मा अध्ययनका लागि भारतको बम्बई पुग्नुभएका जबरालाई त्यहाँ बस्दा राजनीतिप्रति रुचि बढिसकेको थियो । भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ अभियान बढ्दै थियो । बम्बईमा उहाँ छात्रवासमा बस्नुभयो । नेपाल र भारतमा भइरहेको राजनीतिक उथलपुथलका कारण उहाँ राजनीतिमा आकर्षित हुनुभएको थियो ।

जबराले २००५ सालमा प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएर २००७ सालसम्म भूमिगत भइ काम गर्नुभयो । भारतमा स्नातककोत्तर तह उत्तीर्ण गरेपछि उहाँ नेपाल फर्किनुभयो । नेपालमा प्रजातन्त्र आइसकेपछि जबरा नेपाल फर्कंनुभएको हो ।

पहिलो अर्थसचिव

नेपाल फर्केपछि जबराको भेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरसँग भयो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गर्नुभएका सुवर्ण धनी पनि हुनुहुन्थ्यो । उहाँलाई अर्थमन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मुलुकमा जम्मा चार जना हुनुहुन्थ्यो ।

अर्थशास्त्रमा जबरा, लीलाप्रसाद लोहनी र परीक्षितनरसिंह राणा तथा वाणिज्यशास्त्रमा कृष्णराज भण्डारी स्नातकोत्तर उत्तिर्ण गर्नुभएको थियो । उहाँहरु चार जनाले नै २००७ साल फागनुदेखि अर्थमन्त्रालयमा काम गर्न थाल्नुभएको थियो । काम थालेको दुई महिनामा कार्यसम्पादनका आधारमा जबरा अर्थसचिव हुनुभयो । उहाँले प्रथम अर्थसचिवका रुपमा २०१२ सालसम्म काम गर्नुभयो ।

पहिलो बजेट

जबरा अर्थसचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन समयमा आम्दानीको स्रोत मालपोत कार्यालयमा आकाशवाणीबाट सन्देश पठाएर आम्दानीको विवरण सङ्कलन गरिएको थियो । पहिलो बजेट सुवर्ण शमशेरसँग मिलेर बनाएपछि उहाँले त्यसपछिका तीन बजेट आफैँले बनाउनुभयो ।

कर फिर्ताको प्रस्ताव

विसं २००८ मा तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थसचिव जबरा पनि सँगै हुनुहुन्थ्यो । उहाँले भ्रमणका क्रममा भारतीय नेताहरुसमक्ष त्यहाँ उत्पादन भई नेपाल ल्याइने वस्तुमा भारतले पहिले नै कर लिइसकेकाले नेपालीहरु दोहोरो करको मारमा परेको विषय उठान गर्नुभएको थियो । उक्त प्रस्ताव कार्यान्वयन हुन चार वर्ष लाग्यो । फलस्वरुप भारत सरकारले पहिले उठाएको कर रिफन्ड गर्न थाल्यो र नेपालले वार्षिक रू तीन करोड प्राप्त गर्न थाल्यो ।

नेपाल राष्ट्र बैंक स्थापना

तत्कालीन अर्थपरामर्श दाता सरदार गुञ्जमान सिंहले जबरालाई एक दिन याट्खास्थित घरमा बोलाउनुभयो र केन्द्रीय बैंक स्थापना गर्ने योजना सुनाउनुभयो । तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णय गरिसकेको र बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आयो ।

जबराले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गर्नुभयो । गभर्नरका रुपमा तलब मासिक आठ सय हुन्थ्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयको बुँइगलबाट सबै काम हुन्थ्यो । सुरुमा कुर्सी र टेबुल नहुँदा सबै जना गद्दिमा बसेर काम गर्नुपरेको थियो ।

राष्ट्र बैंकको स्थापनापछि गोविन्दप्रसाद लोहनी अनुसन्धान विभाग प्रमुख र रामराज तुलाधर बैंकिङ कार्यालय प्रमुखमा नियुक्त हुनुभएको थियो । सुरुमा हालको विशाल बजार नजिकको एउटा घर भाडामा लिई केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । बैंकिङ कारोबारका लागि मुलुकीखाना र कौसीतोपखाना उपलब्ध भयो भने नोट विभागका लागि केन्द्रीय कार्यालय नजिकको अर्को घर पनि भाडामा लिइएको थियो ।

नेपाली नोटको चलन र सटही दर

तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गर्नुभयो ।

नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा रू १६० कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ । रासस