३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका मुख्य सडकभरि खाल्डैखाल्डा



फाईल फोटो
अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका सडकभरि खाल्डाखुल्डी देखिन थालेका छन् । भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्डाखुल्डी बाक्लो रूपमा देखिन थालेका हुन् । अघिल्लो वर्षका लकडाउन तथा यस वर्षको निषेधाज्ञाको अवधिमा सडक विभागले चिटिक्क पारेका सडक वर्षा सुरु भएसँगै सडकमा खाल्डाखुल्डी देखिन थालेका हुन् भने मेलम्चीको पानी लिकेजका कारण पनि खाल्डाखुल्डी बढ्न पुगेको सम्बद्ध निकाय बताउँछन् ।

काठमाडौंको त्रिपुरेश्वर, कालिमाटीलगायतका सडक खण्डमा खाल्डाखुल्डी परेका छन् । कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा पनि बाक्लो रूपमा खाल्डाखुल्डी देखिएका छन् ।

थापाथलीस्थित प्रसूति गृह अघि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडक खण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।