• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

ओलीले बोल्दाबोल्दै रामहरि खतिवडाको नियमापत्ति



काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्दै गर्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गर्नुभएको छ ।

बैठकमा अध्यक्ष ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराउँदा सांसद खतिवडाले प्रतिनिधिसभा नियमावललीको नियम २६ अनुसार नियमापत्ति गर्नुभयो । ओलीले न्यूनतम साझा कार्यक्रमबारे प्रतिनिधिसभा बैठकमा बोल्न नपाउने उहाँको भनाइ थियो ।

“पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुन नगरियोस्”, उहाँले भन्नुभयो ।

त्यसपछि ओलीले खतिवडामाथि व्यङ्ग्य गर्दै यसअघि पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीभन्दा अगाडि बोल्न पाऊँ भनेर सदन नै अवरुद्ध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।”