१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सांसद्हरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आइतबारको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित छन् । उनीहरुले अघोषितरुपमा बैठक बहिष्कार गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु भएको हो । शनिबार राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

पार्टीले प्रतिनिधिसभाको बैठकको समयसँग जुध्ने गरी पुनः संयुक्त बैठक बोलाएको छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् । संयुक्त बैठक सकिएपछि पार्टी अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।