२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उहाँले भन्नुभयो, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।”

सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताउनुभयो ।
महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भन्नुभयो ।

उहाँले संविधानले व्यवस्था गरेअनुसार साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएका जटिलता समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने र महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक–फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोत वितरण गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिने गरेको र त्यस्ता योजना कार्यान्वयनमा जटिलता देखिएकाले सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारलाई सफल बनाउनुपर्छ भन्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकारक्षेत्रको जिम्मेवारी तोकी कानुन बनाउन सङ्घीय सरकारले तदारुकता देखाउनुपर्ने र प्रदेश तथा स्थानीय सरकारले कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी हुन देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञ बुटवलमा भेला भएका छन् । विज्ञसहितको छलफलपछि साझा विषयलाई समेटेर घोषणापत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताउनुभयो । रासस