१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलरको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजको विनिमय दरमा अमेरिकी डलर ५५ पैसाले घटेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । शुक्रवार एक डलरको खरिद १३१ रुपैयाँ १८ पैसा र बिक्री १३१ रुपैयाँ ७८ पैसामा भएको थियो।

यस्तै, अमेरिकी डलर घटेसँगै युरोपियन युरो पनि आज एक रुपैयाँ २९ पैसाले घटेको छ । जसअनुसार युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । यसअघि शुक्रवार यसको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्री १४४ रुपैयाँ ७५ पैसामा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्री दर ९२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्री ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, साउदी अरेवियन रियालको खरिद दर खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६८ पैसा र बिक्री ३० रुपैयाँ ८२ पैसा कायम रहेको छ ।