१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले सिधाकुरा नगरेको धेरै भएछ आज गर्छु: रवि लामिछाने



अ+ अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीको बैठकले आज ठोस निर्णय लिने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस पोष्ट गर्दे लामिछानेले आजको बैठकले ठोस निर्णय लिने जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छपार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।

नागरिकताको बिवादका कारण सर्वोच्च अदालतको आदेश पछि सांसद , उपप्रधान तथा गृहमन्त्री र दलको अध्यक्ष गुमाएका लामिछाने पुन नागरिकता लिएर दलको अध्यक्ष बन्नुभएको थियो । तर आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर पटक पटक बैठक बसेपनि निर्णय भने गर्न सकेको छैन ।