२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताउनुभएको छ ।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुनः गृह मन्त्रालय दिन माग गरिरहनुभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले उहाँलाई गृह मन्त्रालय दिन चाहनुभएको छैन । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेको सो पार्टीको बैठकले प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय आज सकिँदैछ ।