२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपालको प्रतिवेदनः कांग्रेस दलाल पूँजीपति, एमाले दक्षिणपन्थी र माओवादी ढुलमुले (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसलाई दलाल पूँजीपति, एमालेलाई दक्षिणपन्थी र माओवादीलाई ढुलमुले पार्टीको रुपमा ब्याख्या गरेका छन् ।

एकीकृत समाजवादीको शनिबारदेखि काठमाडौंमा शुरू भएको पाँचौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संसदमा रहेका र बाहिर रहने दलहरूको व्याख्या गरेका हुन् ।

अध्यक्ष नेपालले संसदभित्र रहेका ११ दलको चरित्रचित्रण गरेका छन् । जसमा उनले नेपाली कांग्रेसलाई दलाल पूँजीपतिको पार्टीका रुपमा व्याख्या गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पूँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।’

यस्तै, नेकपा (एमाले) लाई उनले दक्षिणपन्थी पार्टी भनेका छन् । ‘प्रतिनिधि सभाको दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ। ,’

यसैगरी अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)लाई ढुलमुले पार्टीका रुपमा ब्याख्या गरेका छन् । प्रतिवेदनमा भनिएको छ – ‘प्रतिनिधि सभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।’