सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ ।
काठमाडौं उपत्यकाको हालत त यस्तो छ भने अन्य शहरको अवस्था कस्तो होला, कल्पना गर्न योग्य हुँदैन नै । यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्रफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढीरहेका छन् । कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभावी फालिएको छ ।
नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन । ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन, वा बिग्रिएको ट्राफिक लाइट छ । यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धित यी तस्बिरहरु ।
तस्बिरः न्युज एजेसी नेपाल

ललितपुरको नःटोलमा बीच सडबाट बनाइएको साइकल लेन । ललितपुरको झम्सिखेललगायतका सडकमा यस्तै संरचना देख सकिन्छ ।

थापाथली सडकमा मेटिएको नो हर्न ट्राफिक संकेत ।

कुपण्डोल सडकमा भाँचिएको डिभाइडर ।

पेप्सीकोला सडकमा फुटेको डिभाइडर ।

सातदोबाटो सडकमा भाँचेर फ्याकिएको डिभाइडर ।

लगनखेल सातदोबाटो सडकमा फ्याकिएको अवस्थामा साइकल लेनको पोलहरु ।

ग्वोर्को फुटपाथमा फ्याकिएको डिभाडर ।

खरिबोट सडकमा दुर्घटनापछि भाँचिएको सडकको रेलिङ ।

वालकुमारी सडकमा दुर्घटनापछि भाँचिएकोे डिभाइडर अलपत्र अवस्थामा ।

बबरमहल सडकमा भाचिएको डिभाइडर ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अगाडि भताभुङ (केभरन) सडक संकेत ।

एयरपोर्ट सडकमा भेटिएको जेब्राक्रस ।

ललितपुरका सिद्धिपुर सडकमा मन्दिर र कोरिएको ट्राफिक रेखा ।

महालक्ष्मी स्थानमा ट्राफिक लाइट । यहाँ लाइट राखिएको भए पनि बल्दैन ।








