२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ… लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली केटी’ एप बनाएर ठगी गर्ने ८ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार ठगी आरोपमा पक्राउ परेका आठ जनालाई शुक्रबार सार्वजनिक गरेको हो ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर, वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए । उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए । जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे ।

उनीहरूले इ–वालेटबाट विभिन्‍न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको र उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।