२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्र्नुहुनेछ ।

भेटवार्तापछि उहाँ श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।