• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै

दल खारेजीको माग गर्ने अधिकार कसैलाई छैन– प्रमुख निर्वाचन आयुक्त(भिडियोसहित)



file

कामठाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा कुनै व्यक्तिले अर्को दल खारेजीका लागि निवेदन निदे व्यवस्था नभएको बताउनुभएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीका लागि आयोगमा निवेदन परेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले दल खारेजीको विषयलाई कानूनबमोजिम टुंग्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० का व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।”

रास्वपा खारेजीको विषयमा परेको निवेदनको बेलैमा कानूनअनुसार अध्ययन गरेर निर्णय गरिने उहाँको भनाइ थियो । निर्वाचन आयोगले यसअघि पनि ४१ वटा दल खारेज गरेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनसम्बन्धी कानूनमा केही परिमार्जन गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

“दल दर्ताका लागि निवेदन दिन मिल्ने भए त ‘क’ भन्ने पार्टीका मान्छेले ‘ख’ भन्ने पार्टी खारेजीको लागि निवेदन दिँदै हिँडिहाल्छ नि । त्यसकारण त्यस्तो परिकल्पना गरेको छैन । दलीय प्रतिस्पर्धामा आउनेहरु इमान्दार हुन्छन् । त्यस्ता व्यक्तिहरू राष्ट्र र जनताप्रति प्रतिबद्ध हुन्छन् । उनीहरूले बुझाउनुपर्ने डकुमेन्ट बुझाउनुपर्छ । हामीले पनि विश्वास गर्ने न हो। त्यसैले आयोगमा परेको निवेदनको समयमै निरुपण गर्छौं ।”