१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जातभन्दा माथि नौमती बाजा

जातभन्दा माथि नौमती बाजा
अ अ+ अ-

टङ्कीसिनवारी । दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ । हाल नौमती बाजा जातभन्दा माथि उठेको छ । कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थाल्नुभएको छ ।

झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ । विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो ।

ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवद्र्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ । महिलाले नौमती बाजाका रूपमा सहनाई, कर्नाल, झ्यालीलगायतका बाद्ययन्त्र बजाएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । दलितले मात्र बजाउन मिल्ने भन्ने बाजा बाहुन–क्षेत्री महिलाले पनि बजाएको देखेर महोत्सवका सहभागी दङ्ग भएका थिए ।

समूहकी नेतृत्वकर्ता अनु दाहालले कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँले लोप हुन लागेको नौमती बाजा सिक्न र बजाउन प्रेरित र प्रोत्साहन गरेको बताउनुभयो । दाहालले गाउँसमाज, घरबाट नौमती बाजा सिक्न र बजाउन हौसला पाएको बताउनुभयो । समूहमा २५ जना सदस्य रहे पनि १४ जनाले नौमती बाजा बजाउन सिक्नुभएको छ ।

नौमती बाजा सिकेपछि समूहको आयमा पनि मनग्य वृद्धि भएको छ । विवाह, व्रतबन्ध, गुन्यू चोलो, पास्नीलगायतका धार्मिककार्यका लागि समूहलाई धेरै अनुरोध आउन थालेको छ । समूहका सदस्य सीता अधिकारीले हाल महिला र पुरूष दुवै बराबर भएको र विभेदका कुरा पुरानो भइसकेको बताउनुभयो । उहाँले सुरू–सुरूमा केही स्थानीयवासीले महिलाले बाजा बजाउँदै सडकमा हिँड्ने भन्दै व्यङ्ग्य गरे पनि हाल तिनीहरूले पनि आफ्नो घरको कार्यक्रममा बोलाउने गरेको बताउनुभयो ।

समूहका अर्का सदस्य मञ्जु सापकोटाले नौमती बाजा बजाएर आफूलाई गर्व महसुस हुने बताउनुभयो । उहाँले एउटा कार्यक्रममा रु २० देखि ३५ हजारसम्म पारिश्रमिक लिने बताउनुभयो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल हुन्छ । रासस