२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन मार्को एसेन्सिओ र भिनिसियस जुनियरले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

५२औं मिनेटमा एसेन्सिओले सानदार गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । बेन्जेमाले दिएको पासलाई एसेन्सिओले पेनाल्टी बक्सबाहिरबाट गोलमा परिणत गरे ।

लगत्तै त्यसको दुई मिनेटपछि भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । कप्तान बेन्जेमाकै पासमा भिनियसले गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियस जुनियरमाथि फउल गरेपछि रेफ्रीले गाब्रिएल पाउलिस्टालाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४५ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया भने २० अंकसहित १४औं स्थानमा छ ।