१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस नेपालको आवेदन खुला



अ+ अ-

काठमाडौँ । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन सङ्कलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिए । रासस




भर्खरै