२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र आफ्नो कुरा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राख्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अघि नै २ दिनको लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने नर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताउनु भयो । उहाँले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताउनु भयो ।

उहाँले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर ३ दिनको समय माग्नुभएको छ, त्यसैले हामीले अहिले उहाँहरु के गर्नुहुन्छ २ दिन भित्र भन्ने हेर्नेछौँ । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं ।’

बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका उहाँले बताउनु भयो ।