१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र आफ्नो कुरा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राख्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अघि नै २ दिनको लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने नर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताउनु भयो । उहाँले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताउनु भयो ।

उहाँले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर ३ दिनको समय माग्नुभएको छ, त्यसैले हामीले अहिले उहाँहरु के गर्नुहुन्छ २ दिन भित्र भन्ने हेर्नेछौँ । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं ।’

बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका उहाँले बताउनु भयो ।